सुनसरी - धरान-१५ का २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा १८ वर्षीय उत्सव मगर, २१ वर्षीया विश्रान्ती मगर, २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र २१ वर्षीय सुदीप तामाङ छन्।
घटनापछि घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ। अभियुक्तहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।


















