सुनसरी - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पूरानो दल नेकपा (एमाले) मा फर्किन तयारीमा छन्। २०७८ सालमा एमाले छाडेका गौतम आज वा भोलि औपचारिक रूपमा पार्टी प्रवेश गर्नेछन्।
गौतमको पुनरागमनपछि राष्ट्रिय सभामा एमाले सांसदहरूको संख्या १२ पुग्नेछ। यसले पार्टीको राजनीतिक र संख्यात्मक प्रभावकारिता बढाउने विश्वास गरिएको छ। हाल गौतमसहित डा. अञ्जान शाक्य राष्ट्रिय सभामा मनोनीत सांसद छन्।
गौतमको यो कदमले पार्टीभित्र संगठनात्मक एकता र रणनीतिक बल थप्ने अपेक्षा गरिएको छ।


















