सुनसरी - इटहरीमा नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर ले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ आयोजना गर्ने भएको छ।

अध्यक्ष पवन अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, कृषि, खेलकुदलगायत १३ विधामा योगदान दिने व्यक्तिहरूलाई पारदर्शी रूपमा चयन गरेर सम्मान गरिनेछ।

कार्यक्रम इटहरीको सोल्टी वेस्टेन्ड होटलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विवेक रेग्मीले अवार्डले कोशी प्रदेशको व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।