एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको जानकारी दिएका छन्। मेक्सिको र क्यानडाबाट फेन्टनिल औषधि आयात हुने विषयमा चिन्ता व्यक्त गर्दै उनले यो कदम चालेको बताएका छन्।
ट्रम्पले यसअघि पनि छिमेकी मुलुकहरूलाई कडा आयात कर लगाउने चेतावनी दिएका थिए। नयाँ करले अमेरिकी उपभोक्ताका लागि चिनियाँ सामान महँगो हुने अनुमान गरिएको छ।


















