सुनसरी  - नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको भाउ पनि घटेर आज तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।