सुनसरी - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरेका छन्। एक हजार १२६ मिटर लामो यो सुरुङ सात अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ।
२०७८ फागुनमा सुरु भएको परियोजना २०८३ चैत मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। यस मार्गले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाको आवतजावतलाई सहज बनाउने आशा गरिएको छ।
प्रधानमन्त्री ओलीले पाल्पामा प्रशासकीय भवन उद्घाटनपछि रूपन्देहीको बुटवल-गोरुसिंगे सडक शिलान्याससमेत गर्ने कार्यक्रम छ।


















