एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न प्रस्ताव गरेका छन्। क्यानडासँगको व्यापार घाटा रोक्न यस्तो सुझाव राखिएको उनले बताए।

ट्रम्पले भने, “हामीसँग २००–२५० बिलियन डलरको व्यापार घाटा छ, जसलाई स्वीकार गर्न सकिँदैन। यदि क्यानडा हाम्रो राज्य बन्यो भने व्यापार घाटा समाप्त हुनेछ र करमा ६०% कटौती हुनेछ।”

उनले क्यानडाको तेल र ग्यासबिना पनि अमेरिका आत्मनिर्भर रहेको भन्दै क्यानडालाई दीर्घकालीन व्यापार साझेदारका रूपमा हेर्न गाह्रो भएको बताएका छन्।