भोजपुर - माघ १ देखि ९ गतेसम्म दोस्रो आमन्त्रित पाैवादुङ गोल्ड कप, वृहत् माघी मेला र सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास बोर्ड बिराटनगरको प्रमुख भूमिका थियो।
गोल्ड कप फुटबल प्रतियोगिता, माघी मेला र सांगीतिक कार्यक्रमले स्थानीय र बाह्य अतिथिहरूसमेत आकर्षित गरेका थिए। यस अवसरमा प्रमोद खरेल, साजन राई, डिज राज पौड्याल, भिषण मुकारूङ, सुनिता संयक लिम्बु लगायतका सांस्कृतिक र कलाकारको महत्त्वपूर्ण उपस्थिति थियो। साथै, ईटहरीका कलाकार टिम, गीतकार मुक्त उदास र अन्य कलाकारहरूले सांगीतिक कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए।
कार्यक्रममा भाग लिएका सबै खेलाडी, कलाकार, सुरक्षाकर्मी, पत्रकार र अतिथिहरूको योगदानको सराहना गर्दै, पालिकाका प्रमुख किरण राईले भविष्यमा यस्ता कार्यक्रममा अझै सहयाेग र सहभागिता बढाउन अपील गरेका छन्। स्थानीय र विदेशमा रहेका सबै युवा साथीहरूको पनि आभार व्यक्त गर्दै आगामी दिनमा अझ बढी सहयोग र योगदानको अपेक्षा गरिएको छ।
यस सफल कार्यक्रमको समापनसँगै, स्थानीय जनसमूहको योगदान र सहभागिता एक महत्वपूर्ण कदम मानिएको छ।


















