काठमाडौं  – गृह मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ। यस निर्णयसँगै काठमाडौं प्रहरी प्रमुख परिवर्तन भएका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्साल सरुवा गरिएको छ। रजौरेको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौंडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा, रानीपोखरी सरुवा गरिएको छ।

प्रहरी प्रशासनको प्रभावकारिता वृद्धि र संगठनात्मक पुनर्संरचनाका लागि गरिएको सरुवामा अन्य एसएसपीहरूलाई पनि विभिन्न ठाउँमा खटाइएको गृह मन्त्रालयले जनाएको छ।

सरुवासँगै प्रहरी संगठनमा नयाँ नेतृत्वले थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।