दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताका समस्या बुझ्न गाउँ-गाउँ पुग्दै जनताले माओवादीप्रति सकारात्मक धारणा राखेको बताएका छन्।

दाङको घोराहीमा आयोजित पत्रकार भेटमा प्रचण्डले सरकार आगामी चुनावसम्म टिकेमा माओवादीलाई फाइदा हुने र पार्टी एक्लैले चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरे। पार्टीभित्रका त्रुटि सच्याएर अघि बढ्ने उनको प्रतिबद्धता छ।