सुनसरी - ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न सांसद योगेश भट्टराईले आह्वान गर्नुभएको छ।

‘नो केबलकार समूह’ ले वार्ताका लागि निर्माण कार्य रोक्नुपर्ने, सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने, र पक्राउ परेका कार्यकर्ताहरूलाई विना शर्त रिहा गर्नुपर्ने माग राखेको छ।

कोशी प्रदेश सरकारको वार्ता समितिले पहल गरे पनि आन्दोलनकारीहरूले मेची राजमार्ग र तमोर कोरिडोर दोस्रो दिन पनि बन्द राखेका छन्।