सुनसरी - एभरेस्ट साइन्स सेन्टर नेपाल (ESCN) ले १६ गतेदेखि १८ गते सम्म शान्तिवन, सुनसरीमा "विज्ञान, अन्तरिक्ष र रोबोटिक्स" सम्बन्धी कार्यशाला आयोजना गरेको छ। यस कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।

कार्यशालामा विभिन्न शैक्षिक संस्था र विद्यार्थीहरूको सहभागिता रहेको छ, जसमा विश्व आदर्श एकेडेमी इटहरी, ग्रेडेड सेडेन्ड्री वोडिङ स्कूल बिराटनगर, सेलेन्डाइन बोडिङ स्कूल सुर्खेत, हातु‌सा लिरल स्टार स्कूल कपिलवस्तु, काशी नोवेल एकेडेमी रूपन्देही र सुकुना म. बि. सुन्दर हरैचा लगायतका प्रतिष्ठानका विद्यार्थीहरू सहभागी भएका छन्।

कार्यक्रमका  अतिथिहरूमा बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार राय, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रमुख जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार निम्सीना, विश्व आदर्श एकेडेमी इटहरीका प्रिन्सिपल गणेश कुमार दुलाल, ग्रेडेड सेडेन्ड्री वोडिङ स्कूल बिराटनगरका प्रिन्सिपल प्रेन सिंह सुमन, लगायतका प्रख्यात व्यक्तिहरू रहेका थिए।

कार्यशालाको आकर्षण भनेको "Making Science Easier" पुस्तकको विमोचन पनि थियो, जसको विमोचन कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। यस पुस्तकलाई डा. दिलिप अधिकारीले लेखेका छन् र CA जीवन मिश्रले प्रकाशित गरेका छन्।

कार्यक्रमका संयोजक सुदिप विक्रम अधिकारीले जानकारी दिँदै भने, "यो कार्यशालामा २०० भन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, अन्तरिक्ष र रोबोटिक्सका बारेमा प्रत्यक्ष अनुभव प्राप्त हुने अवसर दिइने छ। भाग लिएका विद्यार्थीहरूलाई NASA र ESCN ले प्रमाणपत्र पनि प्रदान गर्नेछ।"

कार्यशालामा सबैलाई विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्न आह्वान गरिएको छ। २०२५ जनवरी १९ गते समापन हुने यस कार्यशालाले विद्यार्थीहरूको विज्ञान र प्रविधिमा थप रुचि बढाउने विश्वास गरिएको छ

एभरेस्ट साइन्स सेन्टर नेपाल 

प्रविधिक संयोजक: सुदिप विक्रम अधिकारी

कार्यक्रम संचालक: ओम प्रकाश प्रसाई ले गर्नु भएको थियो 

सहयोगी संस्था: बिज वर्ल्ड कन्सल्टेन्ट्स प्रा. लि.

प्रकाशक: CA जीवन मिश्र

प्रतिलिपि अधिकार: बिज वर्ल्ड कन्सल्टेन्ट्स प्रा. लि. द्वारा सुरक्षित