एभरेष्ट स्कुलको ३९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
पथरी शनिश्चरे – एभरेष्ट अंग्रेजी विद्यालयले ३९औं वार्षिकोत्सव अभिभावक सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित मनाएको छ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गरियो। विद्यार्थीहरूले नाटक, नृत्य, गीत तथा वक्तृत्वकला प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरे।