इटहरी- सुनसरीको इटहरीमा दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप २०२५ भव्य रूपमा सुरु भएको छ। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका खेलाडीहरू पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

कोशी प्रदेशका मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले खेलकुद प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने बताए। नेपालका ४५ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।

प्रतियोगिताले नेपालमा सुटिङबलको विकास र खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।