नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई विदा
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। दुई वर्षे कार्यकाल पूरा गरेका देसाईलाई क्यानले टिमको सफलतामा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ।