सुनसरी - नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्सले पाथीभरा (मक्कुम्लुङ) केबलकार परियोजनाको विरोधमा जारी बन्दप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।संयुक्त विज्ञप्तिमा बन्द हडतालले स्थानीय जनजीवन अस्तव्यस्त पार्नुका साथै लगानीमैत्री वातावरण बिथोल्ने भन्दै तत्काल रोक्न आग्रह गरिएको छ। उनीहरूले केबलकार निर्माणले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, र पूर्वाधार विकासमा टेवा पुर्‍याउने भएकाले यसलाई सहज रूपमा अघि बढाउन सबै पक्षसँग अपिल गरेका छन्।विकास प्रयासमा अवरोध सिर्जना गर्नुले स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने चेतावनी दिँदै समस्याको समाधान वार्ताबाट खोज्नुपर्ने निजी क्षेत्रको माग छ।