काठमाडौ - नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्।भेटमा जलवायु परिवर्तन र पूर्वब्रिटिश गोर्खाका गुनासाबारे छलफल भएको थियो।राष्ट्रपति पौडेलले हिमाल संरक्षणको पक्षमा नेपालले उठाउँदै आएको आवाज उल्लेख गर्दै संयुक्त प्रयासको आवश्यकता औंल्याए।राजकुमार एड्वार्डले जलवायु परिवर्तनको असरबारे भ्रमणका क्रममा थप जानकारी लिने बताए।