काठमाडौँ, – सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतामा विद्यार्थी र प्राध्यापकहरूको आदानप्रदान, अनुसन्धानात्मक सहकार्य, उद्यमशीलता प्रवर्द्धन, छोटो अवधिका पाठ्यक्रम सञ्चालन, र जेनेरेटिभ एआई प्रविधिमा सहकार्य गर्ने योजनाहरू समावेश छन्।

सम्झौतामा इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुर र एभेन्टिस ग्र्याजुएट स्कूलका जेनेरल म्यानेजर सामुएल टियोले हस्ताक्षर गरेका छन्। यस सहकार्यले विद्यार्थीहरूलाई नयाँ अवसरहरू र अनुसन्धानका सम्भावनाहरू प्रदान गर्ने छ।