इटहरी - इटहरीबाट सञ्चालित प्रदेश खबर डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने घोषणा गरेको छ। नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीका अनुसार इच्छुक सञ्चारकर्मीले आवश्यक कागजात (नागरिकता, मिडिया हाउसको परिचयपत्र वा सिफारिस पत्र) [email protected] मा पठाउनुपर्नेछ।
प्रदेश खबरले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ पनि आयोजना गर्ने तयारी गरेको छ।