काठमाडौ - सीवाईसी अत्तरियासँग ७८ रनले पराजित भए पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार सम्पन्न खेलमा अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गर्यो। जवाफमा बुटवलले ८ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।

अब पहिलो सेमिफाइनलमा बुटवलले फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग प्रतिस्पर्धा गर्नेछ, भने दोस्रो सेमिफाइनलमा अत्तरिया र डीसीए धनगढी भिड्नेछन्।

प्रतियोगिताको फाइनल माघ २८ गते हुनेछ। विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ।