एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने घोषणा गरेपछि चौतर्फी विरोध भइरहेको छ।

ट्रम्पको भनाइविरुद्ध प्यालेस्टाइन, हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, टर्की लगायतका देशहरूले कडा प्रतिक्रिया जनाएका छन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र हमासले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन्।

रुसी राष्ट्रपति कार्यालयले इजरायल–प्यालेस्टाइन अस्तित्व नै समस्याको समाधान भएको भन्दै ट्रम्पको धारणा अस्वीकार्य भएको जनाएको छ। गाजाका स्थानीयले पनि पुनर्वास योजनाको विरोध गरेका छन्।