जसपाको केन्द्रीय समिति बैठकको एजेण्डा तय
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन १९–२१ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। बैठकमा 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षा गरिनेछ। साथै, पालिका समितिका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनाबारे पनि छलफल हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।