सामाजिक सञ्जाल विधेयकविरुद्ध अनेरास्ववियूको राँके जुलुस
काठमाडौं- संसद्मा पेस गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियूले काठमाडौंमा राँके जुलुस निकालेको छ।सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै संगठनले त्रिचन्द्र कलेजबाट सुरु भएको जुलुस दरबारमार्ग हुँदै कोण सभामा परिणत गरेको थियो।