काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु राष्ट्र बन्न सक्ने वा नसक्नेबारे निश्चित नभएको बताएका छन्। पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा. रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन गर्दै देउवाले अधिकारीलाई हिन्दु राष्ट्र बनाउने अभियानमा साथ दिन आग्रह गरे। उनले अधिकारीको अनुभव देशका लागि उपयोगी हुने बताए।


















