मोरङ - विराटनगरमा बुधबार सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोश्रो प्रदेश अधिवेशनले सुमन पुरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। उनीसँगै ४९ सदस्यीय कार्यसमितिको चयन पनि निर्विरोध सम्पन्न भएको छ।

कार्यसमितिमा उपाध्यक्ष युवराज विवश, महिला उपाध्यक्ष ज्योति चौहान, महासचिव बाबुराम भण्डारी र कोषाध्यक्ष विशाल नेम्वाङ निर्वाचित भएका छन्। सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती चयन भएका छन्।