पथरी  — डाइनामिक पब्लिक लाइब्रेरी (DPL) दमकद्वारा आयोजित "अक्षरसंवाद" कार्यक्रममा इतिहास खोजकर्ता तथा लेखक दिपेन्द्र तिम्सिनासँग ज्ञानवर्दक अन्तरक्रिया सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता अश्विन तिम्सिनाले गर्नुभएको थियो भने महासचिव पर्वत बस्नेत सहजकर्ताको भूमिकामा रहनुभयो। वरिष्ठ उपाध्यक्ष दिवश खतिवडा, महासचिव गुणराज गिरी, निर्देशक सन्जिव पाठकलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा इतिहास अध्ययनका विविध पक्षबारे छलफल भयो।

अन्त्यमा, अध्यक्ष तिम्सिनाले लेखक तिम्सिनालाई ढाका टोपी र पुस्तक प्रदान गरी सम्मान गर्नुभएको थियो। DPL Damak को यो कार्यक्रमले इतिहासप्रति रुचि राख्नेहरूलाई नयाँ दृष्टिकोण प्रदान गरेको छ।