पथरी - मोरङ्गको पथरी शनिश्चरे वडा नं २ मा रहेको बोक्रेचोकस्थित जलवायु अनुकूलित विहृत खानेपानी आयोजनाको शिलान्यास संघीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले गर्नुभएको छ।
मन्त्री यादवले नगरको खानेपानी समस्या समाधानका लागि पहिलो चरणमा ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले परियोजना उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो।
नगरप्रमुख मोहनप्रसाद तुम्बापोका अनुसार आयोजनाबाट ७ वटा वडाका नागरिकहरू लाभान्वित हुनेछन्। पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जयराम बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाध्यक्ष, संघीय तथा प्रदेशका अधिकारीहरू, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


















