एजेन्सी - अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि सफलतापूर्वक पृथ्वीमा फर्किएका छन्। उनीहरू आठ दिनको अन्तरिक्ष मिशनका लागि गएको भए पनि प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मै अड्किनु परेको थियो।
बोइङको स्टारलाइनर क्रू ड्रागन यान मार्फत गएको यो मिशन सुरुवातमै सफल देखिए पनि केही समस्या देखिएपछि उनीहरू निर्धारित समयभन्दा धेरै महिनासम्म अन्तरिक्षमा बस्न बाध्य भए। अन्ततः सबै समस्याको समाधान भएपछि उनीहरू सुरक्षित रूपमा पृथ्वी फर्कन सफल भए।
नासाका अनुसार, अन्तरिक्ष यात्रामा देखिएका प्राविधिक चुनौतीहरूको मूल्यांकन गरिँदैछ। बोइङ कम्पनीका अधिकारीहरूले पनि आगामी मिशनहरूमा सुधारका लागि आवश्यक कदम चाल्ने बताएका छन्।
सुनिता विलियम्स अनुभवी अन्तरिक्ष यात्री हुन्, जसले यसअघि पनि लामो समय अन्तरिक्षमा बिताइसकेकी छिन्। यो मिशनले अन्तरिक्ष अन्वेषण र प्रविधि विकासको क्षेत्रमा नयाँ बहस जन्माएको छ।


















