इटहरी ।नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान सुरु गरेको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको पहिलो दिनमै १७ वटा बाइक एक्सचेञ्ज र २३ खुद्रा बिक्री (Ttl retail) भएको छ।

पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पाउनेछन्। साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ।

पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ। आयोजकले मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टीसहित हुने दाबी गरेको छ।

हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि यो अभियान अवसरपूर्ण अफर भएको आयोजकको भनाइ छ।