इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १६ हजार १०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । 


हिजो सुनको भाउ तोलमा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।