इटहरी । विगत एक वर्षदेखि लगातार घटेको बैंकको ब्याजदर असोज महिनामा पनि घटेको छ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेअनुसार भदौको तुलनामा ० दशमलव ११ प्रतिशत बिन्दुले ब्याजदर झरेको हो ।


भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशत बिन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५ दशमलव ४६३५ प्रतिशत बिन्दुमा झरेको छ ।


लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाए पनि ९ बैंकहरूले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।