इटहरी । प्रि ओपनमा उच्च अङ्कले घटेको शेयर बजार त्यसको साढे २ मिनेटपछि नै ४ प्रतिशत घटेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । जेन जी आन्दोलनपछि पहिलो पटक आज खुलेको शेयर बजार बजार खुल्नासाथ ओरालो लागेको हो ।
आज बजार खुलेको २ मिनेट २२ सेकेण्डमै ४ प्रतिशत अर्थात् १०७ दशमलव ०४ अंकले बजार घटेपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । प्रि ओपन सेसनमा नै नेप्से उच्च अङ्कले घटेको थियो । अब बजार ११ बजेर २२ मिनेट २२ सेकेण्डमा पुनः शुरु हुनेछ ।


















