विराटचोकः पहिलो सर्किट ब्रेकपछि २० मिनेट आराम गरेर खुलेको शेयर बजारमा ३८ सेकेण्डमा नै १ प्रतिशतको गिरावट आएपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । 


जेन जी आन्दोलनपछि खुलेको बजारमा आज ११ बजेर २ मिनेट २२ सेकेण्डमा ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा कारोबार शुरु भएको बजारमा ३८ सेकेण्डपछि थप १ प्रतिशत घटेर ५ प्रतिशत घटेपछि बजारमा ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । 


अब ४० मिनेटपछि अर्थात् १२ बजेर ३ मिनेट जाँदा बजार खुल्नेछ । दोस्रो सर्किट ब्रेकपछि बजार थप १ प्रतिशत घट्यो भने आजका लागि शेयर कारोबार बन्द हुनेछ ।