इटहरी ।  आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ १०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार १०५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको थियो ।