सुनसरी -नेपालको दुईपांग्रे सवारीसाधन बजारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै टिभिएसको लोकप्रिय स्कुटर एनटर्कले डेढ लाख ग्राहक पुर्याउन सफल भएको छ। यो उपलब्धिसँगै कम्पनीले देशभरका आधिकारिक सोरुमहरूमा “डेढ लाख उत्सव” आयोजना गर्ने घोषणा गरेको छ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक तथा शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले राइडर, ग्राहक, डिलर तथा मोटरस्पोर्ट समुदायको सहभागितामा एनटर्क प्रयोगकर्ताको सामूहिक उत्सव मनाउने तयारी गरेको जनाएको छ। बिर्तामोडस्थित टिभिएस बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक विपिनकुमार बस्नेतका अनुसार ग्राहकहरूको बलियो विश्वास, डिलरहरूको प्रतिबद्धता तथा लजिस्टिक्स, बिक्री, सेवा, मार्केटिङ र स्पेयर पार्ट्स क्षेत्रमा कार्यरत सम्पूर्ण टिमको संयुक्त प्रयासबाट यो उपलब्धि सम्भव भएको हो।
डेढ लाख ग्राहकको उपलब्धिले नेपालको स्पोर्टी स्कुटर सेग्मेन्टमा एनटर्कको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको कम्पनीको दाबी छ। साथै, देशव्यापी रूपमा ब्रान्डको दृश्यता र स्मरणशक्ति अझ मजबुत भएको बताइएको छ।
लन्च भएदेखि नै रेसिङ–प्रेरित डिजाइन, शक्तिशाली प्रदर्शन तथा स्मार्ट कनेक्टेड फिचरका कारण एनटर्कले नेपालमा परफर्मेन्स स्कुटर श्रेणीलाई नयाँ परिभाषा दिएको मानिन्छ। यसले विशेषगरी युवा राइडर तथा सहरी यात्रुबीच पहिलो रोजाइको रूपमा स्थान बनाएको छ।
यस उपलब्धिले आगामी दिनमा नेपाली ग्राहकलाई थप नवीन र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि सुदृढ भएको कम्पनीले जनाएको छ।


















