काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै फ्लड लाइट जडान गरिएको छ ।
सडक डिभिजन भरतपुरका सब इन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार, शनिबार उक्त ठाउँमा दुई वटा फ्लड लाइट जडान गरिएको हो ।
उक्त क्षेत्रमा कुनै पनि समय ढुंगा खस्नसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लडलाइट जडान गरिएको श्रेष्ठले बताएका छन् ।
ओभरटेक नगरी संयमित भइ यात्रा गर्नका लागि चालक एवं यात्रुहरूलाई आग्रह समेत गरिएको उनले बताए ।


















