विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

केही दिनदेखि सुन र चाँदीको भाउ लगातार घटिरहेको छ ।