इटहरी । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।