इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।