इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको छ ।


















