इटहरी । मेन्छ्याम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता शेयरको लकइन अवधि आज बैशाख १२ गते सकिएको छ ।
सो कम्पनीको ४३ लाख ७ हजार २८३ कित्ता शेयरको लकइन अवधि बैशाख १२ गते सकिएको हो । जसमा संस्थापक शेयर ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको शेयर ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको शेयर ३ हजार २४० कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।
४३ लाख कित्ता शेयर एकै पटक थपिँदा बजारमा सो कम्पनीको शेयरको बिक्री चाप पर्न सक्छ ।


















