इटहरी । आज बजार खुल्नासाथ हरियो देखिएर २८१२ बिन्दुसम्म पुगेको नेप्से अहिले हिजोभन्दा लगभग १४ अङ्क तल झरेर २७८२ को आसपासमा कारोबार भइरहेको छ ।
दुई घण्टामा २ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको ३९ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
त्यसपछि उच्च कारोबार गर्ने कम्पनीमा कर्पाेरेट डेभलपमेण्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, कुमारी बैंक र सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ । सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ६८ प्रतिशत घटेको छ ।

















