इटहरी । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२\८३ को चैत मसान्तसम्मको ९ महिनामा रकमका आधारमा उच्च नाफा गर्नेमा नबिल बैंक देखिएको छ । प्रतिशतका आधारमा भने कुमारी बैंक अगाडि छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकहरूको नाफामा सुधार आएको छ ।

नबिलले कमायो पौने ७ अर्ब रुपैयाँ नाफा
यो ९ महिनामा नबिल बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो ।

कुमारीको नाफा वृद्धिदर १३६१ प्रतिशत
प्रतिशतका आधारमा भने कुमारी बैंकले गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा नाफा कमाएको छ । गत आर्थिक वर्षको ९ महिनामा २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा उच्च नाफा गर्ने बैंक
नबिल बैंक ६.७६ अर्ब,
ग्लोबल आइएमई बैंक ४.४० अर्ब,
कुमारी बैंक ४.१७ अर्ब,

कम नाफा गर्ने बैंक
एनआईसी एशिया बैंक १४ करोड,
प्रभु बैंक ८५ करोड,
सिटिजन्स बैंक १३० करोड

प्रतिशतका आधारमा उच्च
कुमारी बैंक १३६१.७६ प्रतिशत,
राष्ट्रिय वाणिज्य बैंक १२९.३४ प्रतिशत

नाफामा गिरावट
प्रभु बैंक –५४.६१ प्रतिशत,
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक –३०.६९ प्रतिशत,
कृषि विकास बैंक –२४.४२ प्रतिशत,
एनआईसी एशिया बैंक –१०.४९ प्रतिशत ।

सबै वाणिज्य बैंकले गरेर ९ महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् ।