इटहरी । आज पनि शेयरबजारको ओरालो यात्रा थामिएन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५१ वटा कम्पनीका १ करोड २१ लाख ४ हजार १७८ कित्ता शेयर १ लाख ४ हजार ५ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३१३ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा बाहेक बाँकी ओरालो लागेका हुन् । आज व्यापार समूह सर्वाधिक अर्थात् १.०९ प्रतिशतले बढ्दा विकास बैंक र सामुहिक लगानी कोष समूह क्रमशः ०.१४ र ०.०१ प्रतिशतले बढे ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् २.२४ प्रतिशतले घट्दा बैंकिङ समूह ०.७६, फाइनान्स ०.६४, होटल १.६४, हाईड्रो १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, लघुवित्त ०.५४, निर्जीवन १.११ र अन्य समूह ०.९२ प्रतिशतले घटे ।
आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक अर्थात् २४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच हुँदा पाल्पा सिमेन्ट, कर्पाेरेट डेभलपमेन्ट बैंक, सोलु हाईड्रो र नेशनल हाइड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक आर्थत् १३.८१ प्रतिशतले बढ्दा लक्ष्मी लघुवित्तको शेयरमूल्य २.६६ प्रतिशतले बढ्यो ।
शिखर पावर डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक अर्थात ११.४६ प्रतिशतले घट्दा पाल्पा सिमेन्टको शेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८० अर्ब ८० करोड ४२ लाख ३० हजार ९६८ रुपैयाँ कायम भएको छ ।


















