इटहरी । स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता शेयर निस्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँट गरेको थियो । कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।
कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत् तथा ‘मेरो शेयर’ प्रणालीमार्फत् अनलाइन आवेदन दिन सकिने सो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।















