इटहरी ।  एसवाई प्यानल नेपाल लिमिटेडको लक इन अवधि आज बैशाख २९ गतेदेखि सकिने भएको छ । सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको लक इन अवधि आज सकिने भएको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको शेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो । कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँट गत कात्तिक ३० गते भएको थियो ।