विराटचोकः आज सुनको भाउ तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ आज प्रति तोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ६९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।