इटहरी । ‘हिमाली पानी’ का नाममा ब्राण्डिङ गरी सरकारले नेपालको प्रचुर जलसम्पदा उपयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको पानीलाई ब्राण्डिङ गरिने हिजो सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ का रूपमा ब्राण्डिङ गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रम मार्फत् लिएको जनाउनुभएको हो ।















