इटहरी ।  आज बजार खुलेदेखि नै निरन्तर सूचक उकालो लागेको छ । बजार खुलेको दुई घण्टामा १.०२ प्रतिशत अर्थात् २८.३७ अंक बढेर नेप्से सूचकले २७८७ बिन्दु छुने प्रयास गरेको छ ।

बढेको बजारमा झण्डै ३ अर्ब रुपैयाँ अर्थात् २ अर्ब ९५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३६ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सुपर खुदी हाइड्रोपावरको सर्वाधिक ७ प्रतिशत शेयरमूल्य बढेको छ । बुङ्गल हाइड्रोपावरको सर्वाधिक अर्थात् साढे ६ प्रतिशतभन्दा बढी मूल्य घटेको छ ।