इटहरी । आज शेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ३.३७ प्रतिशतले बढेको छ । अन्य समूह सर्वाधिक अर्थात् २.३६ प्रतिशतले ओरालो लागेको छ ।

आज पनि आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात् ४४ करोड २३ लाख ७ हजार २७९ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेशनल हाईड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

हालै दोस्रो बजारमा सूचीकृत भएको कालिञ्चोक हाईड्रोको शेयरमूल्य आज १५ प्रतिशतले बढ्दा ८.५ प्रतिशत सिद्धार्थ बैंक डिबेञ्चरको शेयरमूल्य पनि १४ दशमलव ९३ प्रतिशत बढेको छ । विजय लघुवित्त, सयपत्री हाईड्रो र नेपाल इन्स्योरेन्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक अर्थात् ५.१८ प्रतिशतले घट्दा एनबीबीएल डिबेञ्चर २०८५ को शेयरमूल्य ३.५६ प्रतिशत घटेको छ । सेन्ट्रल फाइनान्स, हिमालयन रि इन्स्योरेन्स र त्रिशुली जलविद्युत कम्पनी पनि उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ४३ अर्ब ६६ करोड ३७ लाख ७६ हजार ३१८ रुपैयाँ कायम भएको छ ।